Public Pana
सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता - भिडियो

आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार भएको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः वार्ता हुने भएको छ ।


हिजो बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज पनि वार्ता हुन लागेको हो ।
 

विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको अगुवाइमा शिक्षकहरू आन्दोलनमा उत्रीएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
 

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update