Public Pana
भारत र क्यानडाबीच विवाद बढ्दो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदिप सिंहको हत्याको आरोप भारतमाथी लगाए ।

भारतले पनि यसको कडा जवाफ फर्कायो । यि दुवै देशले एकअर्काका कुटनितिज्ञलाई निष्काशन गरिदिए । यस कारबाहीले यि दुई देशबीच तनाव बढ्दै गएको छ ।
 

ग्लोबल फायर पावर इन्डेक्सको २०२३ को रिपोर्टका अनुसार क्यानडाको रक्ष बजेट ३६ अर्ब डलर माथि रहेको छ । त्यहीँ भारतले यसमा ५६ अर्ब डलर लगानी गरेको छ ।
 

सैन्य तागतका मामिलामा भारत विश्वकै चौथो स्थानमा छ भने क्यानडा २७ औं मा । क्यानडालाई अमेरिका ब्रिटेन जस्ता विकासित देशको साथ रहेकाले पनि यसले सैन्य शक्तिमा धेरै लगानी गर्दैन ।
 

भारतसंग करिब १४ लाख सैनिक छन् । जबकी क्यानडासङ मात्र ७१ हजार छन् । र यसमा पनि २३ हजार सैनिकमात्र फुलटाइम काम गर्छन । बाकी लाई आवश्यक पर्दा मात्र काममा लगाइन्छ ।
 

भारतसँग परमाणु हतियार छन् । तर क्यानडासँग छैनन् । नाटोको परमाणु अप्रसार सन्धिमा रहेको क्यानडामाथी केही खतरापरे परमाणु शक्ति भएका देशले उसलाई सहयोग गर्नेछन् ।
 

क्यानडासँग प्यारामिलिट्री फोर्समा ५५ सय जना छन्। त्यहीँ भारतसँग यो संख्या २५ लाख २७ हजार रहेको छ ।
 

क्यानडासँग ३७६ एयर क्राफ्ट छन् भने भारतसँग २२१० ।
 

त्यस्तै क्यानडासँग ६३ फाइटर प्लेन छन् भने भारतसँग ५७७ । क्यानडासँग १२० हेलिकप्टर छन । भारतीय सेनासँग भने ८०७ ।
 

भारतसँग ३६ वटा लडाकु विमान छन् । तर क्यनडासँग यस्ता विमान छैनन् । त्यस्तै भारतसँग ४ हजार ६१६ ट्याङ्क छन् भने क्यानडासँग केवल ८२ ।
 

यसरी तुलनात्मक रुपमा हेर्ने हो भने क्यानडा सैन्य शक्तिका मामिलामा भारतभन्दा कमजोर छ ।
सामान्यतया शक्ति र सीमा बराबर भएका देशबीच युद्ध हुने गर्दछ । तर अन्यन्तै गम्भीर अवस्थामा भने जस्तो सुकै शक्ति भिन्नता भएका देशहरुपनि एकआपसमा लड्ने गर्छन् ।

 

यदी क्यानडा अन्य देशको सहायता नलिने हो भने भारत उसमाथि हावी हुने देखिन्छ ।
 

दुबै देशले समस्याको समाधानतिर लागेर विकासको लागि अघि बढ्नुपपर्छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update