Public Pana
साफ यू–१९ :  पहिलो खेलमै नेपाल हार्यो

दुई पटकको च्याम्पियन नेपाल साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । 
 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले हारेको हो । 
 

अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो । 
 

पहिलो पटक यू–१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुवात गरेको छ । नेपालले यसअघि यू–१९ मा कुनै खेल खेलेको थिएन ।
दुई पटकको च्याम्पियन नेपालले घरेलु मैदानमा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको हो । 

 

खेलको नवौ मिनेटमा मुहम्मद अदिल योउनासको फ्रिकीक पोष्टको माथिबाट बाहिरियो। ११ औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेन । 
 

२७ औं मिनेटमा शाह जहानको फ्रि किक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाए । 
 

पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरेका थिए। तर उनले दोस्रो हाफमा अली जफ्फरको बल रोक्न सकेनन् । 
 

खेलको नवौँ मिनेटमा मुहम्मद अदिल योउनासको फ्री किक पोष्टको माथिबाट बाहिरिएको थियो ।

११ औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेको थिएन ।
 

नेपाल रहेको समूह ’ए’ मा पाकिस्तान र मालदिभ्स छन्। समूह चरणको दोस्रो खेलमा नेपालले आगमी सोमबार मालदिभ्ससँग खेल्नेछ । 
 

आजै भएको समूह ’ए’ को पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update