Public Pana
पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल खायो

साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा पाकिस्तानले नेपालविरुद्ध अग्रता लिएको छ ।
 

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा पाकिस्तानका लागि अली जफ्फरले दोस्रो हाफमा गोल गरे ।
 

उनले खेलको ७५ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाएका हुन्। यससँगै उपाधि दाबेदार मानिएको नेपाल पहिलो खेलमै हार्ने अवस्थामा पुगेको छ ।
 

पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरेका थिए। तर उनले दोस्रो हाफमा अली जफ्फरको बल रोक्न सकेनन् । 
 

खेलको नवौँ मिनेटमा मुहम्मद अदिल योउनासको फ्री किक पोष्टको माथिबाट बाहिरिएको थियो। ११ औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेको थिएन ।
 

२७ औं मिनेटमा शाह जहानको फ्रिकीक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update