Public Pana

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरुको जालो नतोडेसम्म मुलुकलाई समृद्धितर्फ अघि बढाउन समस्या भएको बताउनुभएको छ । 
 

नेपाल बुद्धिजीवी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको भ्रष्टचार विरुद्ध सुशासन प्रवर्धनका चूनौति बिषयक बिचार गोष्ठीमा बोल्दै उहाले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरुको जालोले मुलुकमा भ्रष्टाचारले जरा गाढेका कारण मुलुकलाई समृद्ध बनाउन बाधक भइरहेको भन्दै उक्त जालो तोड्दै सुशासन कायम गर्ने र समृद्धिको दिशातर्फ अघि बढ्न सरकारको लक्ष्य रहेको बताउनुभएको हो ।
 

पार्टीलाई भोट बटुल्ने गरि सरकारले सुशासनको कदम नचालेको र सुशासनमार्फत मुलुकलाई समृद्ध बनाउन भ्रष्टाचारीलाई कारवाहीको अभियान सुरु गरेको उहाको भनाइ छ ।
 

प्रधानमन्त्री प्रचण्डले सरकारको जिम्मेवारी लिएकै दिन सुशासन, समृद्धि र सामाजिक न्यायको घोषणा गरेको भन्दै उहाले अहिले सरकार त्यही बाटोमा हिडिरहेको जिकिर गर्नुभयो ।

श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने र त्यसका लागि जनताको जिवनलाई परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो । 
 

गृहमन्त्री श्रेष्ठले सरकारले भ्रष्टाचारमा संलग्नको मुख नहेरी संविधान र कानूनअनुसार निष्पक्ष ढंगले दृढतापूर्वक सुशासनको अभियानलाई अघि बढाउनुपर्ने जिकिर गर्नुभयो । 
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update