Public Pana
प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको महासचिव गौतमको भनाइ


संघीय संसदका महासचिव डा. भरतराज गौतमले तत्कालीन प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको दाबी गरेका छन् । 
उनले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय रहेको भनी सम्बन्धित सबै निकायलाई जानकारी मात्रै गराएको बताए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दिएको जवाफमा उनले यस्तो बताएका हुन् । उनले महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पठाएका छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update