Public Pana

राजधानीमा बिहीबारबाट सुरु साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् । 

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् ।

नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् ।

समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update