Public Pana
पार्टीसँग जोडिएका फेक आइडी विरुद्ध एमाले कानुनी प्रक्रियामा जाने

नेकपा एमालेले पार्टीको नाम, लोगो, झण्डा र नेताहरुको नाम जोडेर चलेका सामाजिक सञ्जाल एकाउण्ट सञ्चालकलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सूचना जारी गर्दै सम्पर्कमा नआए आवश्यक कानूनी कार्बाही गर्ने चेतावनी दिएका छन् ।

‘अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरुका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update