Public Pana
नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तोकिएको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइने भएको छ ।
 

पाटन उच्च अदालतमा ध्रुवराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा पेशी तोकिएको थियो । अन्य मुद्दाको सुनुवाइका कारण हेर्न नभ्याइने भएको हो ।
 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयसहित २० जनाको पुनरावेदन निवेदन परेको छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थिये ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update