Public Pana
कांग्रेसका महामन्त्री गगनले सुनाए १० साउन यता भएका र हुन नसकेका कार्य

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १० साउनदेखि हालसम्म भएका र गर्न नसकिएका कार्यहरुको विवरण केन्द्रीय समितिको बैठकमा राखेका छन् ।

आज बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले ७० वटा विभागमा १५ वटाको प्रमुख र एकमा प्रमुख सहित सदस्यहरु मनोनित गरिएको जानकारी गराए ।

हालसम्म प्रचार विभागमा मात्रै सदस्य विस्तार भएको उनले सुनाए । विभाग गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई छ ।

१५ भदौभित्र विभाग गठन गर्ने निर्णय अघिल्लो केन्द्रीय समिति बैठकले गरेको थियो । सभापतिले गठन गर्नुपर्ने अनुशासन समितिले पूर्णता पाएको बैठकलाई जानकारी गराए ।

महामन्त्री थापाले तल्लो तहका सम्मेलन हुँदै गरेको र कतिपयमा समस्या देखिएको उनले बैठकमा सुनाए ।

२० साउन देखि ३० साउनसम्म पार्टी संगठन सुदृढीकरणका लागि गरिएको अभियान, पोलिसी ह्याकाथान, बीपी साहित्य महोत्सव लगायतको कार्यतालिका प्रभावकारी भएको उनले सुनाए ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update