Public Pana

बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले गाएको एक नेपाली ‘शान्ति गीत’ को भिडियो सार्वजनिक भएको छ । 

विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा उक्त गीत सार्वजनिक गरिएको हो । 
 

सन्तोष श्रेष्ठले संगीत गरेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । 

गीतको म्यूजिक भिडियोमा रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । 

अजय रेग्मीले छायांकन गरेको भिडिओ सम्पादन टेकेन्द्र शाहले गरेको हुन् ।

म्यूजिक भिडियो निर्देशन गीतकार हेमप्रभास अधिकारीले नै गरेका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update