Public Pana

गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केहि संसदीय समितिहरु स्थगीत भएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ र अन्तराष्ट्रिय समिति गणपूरक संख्या नपुगेपछि स्थगीत गरिएको हो । शिक्षकहरुको आन्दोलनका कारण यातायात क्षेत्र अस्तव्यस्त भएपछि सांसदहरु समयमा नै समितिमा आउन नसकेका हुन् ।

विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र अस्तव्यस्त भएको छ ।

स्थगीत समितिको बैठक अर्को मितिमा बस्ने संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update