Public Pana
क्यानको नेतृत्वका लागि चतुर, पारस दौंडधुपमा

नेपाल क्रिकेट संघ(क्यान) नयाँ कार्यसमिति चयनको अन्तिम चरणमा पुगेको छ । भोलि ५ गते शुक्रबारबाट काठमाडौंको एभरेस्ट होटलमा सुरु हुने साधारणसभामा नयाँ नेतृत्वका लागि ठूलै दाउपेच सुरु भएको छ ।
 

क्यानको अबको नेतृत्वमा को आउला? विश्वकप लिग– २, प्रिमियर कप, विश्वकप छनोट, इमर्जिङ एसिया कप, एसिया कपजस्ता प्रतियोगिताबाट विश्वको ध्यान तानेको क्रिकेटमा राजनीतिज्ञदेखि कर्पोरेटले पनि नियालिरहेको छ ।
 

त्यसो त चुनावी संघारमा अहिलेका अध्यक्ष चतुरबहादुर चन्द फेरि दोहोरिने दाउमा छन् । कोषाध्यक्ष रोशन सिंह र क्रिकेट क्यान राजनीतिमा होमिएका पारस खड्का पनि नेतृत्वमा ‘जम्प’ गर्ने तयारीमा छन् ।
 

नेपाल टी– २० को आलोचना खेपेपनि नेपाली क्रिकेट टोलीले एसिया कममा पाएको वाहवाहीको जस लिने चतुरको चाहना देखिन्छ। फेरि अध्यक्षमा दोहोरिन उनी जुनसुकै मुल्य चुकाउन तयार देखिन्छन् ।

कोभिड–१९ का कारण आफूले लक्ष्यअनुरुप काम गर्न नपाएको तर्क गर्ने चतुरले बालुवाटारदेखि धुम्बाराहीसम्म राम्रै राजनीतिक सम्वन्ध बनाएका छन्। खासगरी कांग्रेस बैतडीका सभापतिसमेत भएकाले उनको शेरबहादुर देउवासँग खास सम्बन्ध छ ।
 

क्रिकेटबाट क्रेज खडा गरेका पारस खड्काको कांग्रेससँग राम्रै सम्बन्ध देखिन्छ । क्रिकेट राजनीतिमा होमिएपछि कांग्रेस महामन्त्री गगन थापासँग पारसको भेटघाट बक्लिएको छ । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग पारसको सम्बन्ध पहिलेबाटै राम्रो छ ।

बागमती क्यानका अध्यक्षसमेत रहेका पारस यसकारण अध्यक्षको प्रबल दाबेदार हुन् ।
यता रोशन सिंह नेपाल प्रिमियर लिगअघि काठमाडौंको मुलपानीमा रहेको जय शाह स्टेडियमको छोटो समयमै रुपरेखा फेरेर जस लिने होडमा छन् ।

 

अहिले पनि उनी चुनाव भन्दा टी–२० विश्वकपको तयारीका लागि खटिरहेको सन्देश दिन खोजिरहेका छन्।

पदाधिकारी भइसकेकाले अबको नेतृत्व आफूले पाउनुपर्ने रोशनको दाबी छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update