Public Pana
भारत–क्यानडा तनावः भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा

भारतले क्यानडामा जारी भिसा सेवालाई निलम्बन गरेको छ। क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो ।  
 

बीबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले आफ्नो वेबसाइटमा यस विषयमा जानकारी दिएको हो ।

वेबसाइटमा भारतीय मिशनको तर्फबाट जारी सूचनामा भनिएको छ, ‘२१ सेप्टेम्बर २०२३ देखि भारतीय भिसा सेवालाई नयाँ सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ ।’
 

भारत र क्यानडाबीच पछिल्लो समय कुटनीतिक स्तरको विवाद चर्केको छ।

क्यानडाले पहिले भारतीय कुटनितिज्ञलाई निस्कासित गरेको थियो । लगतै भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश छोड्न उर्दी जारी गरेको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update