Public Pana
एनएसीको जहाजमा भाडाको इन्जिन, भोलिबाट नियमित उडान

तीन महिना ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा भाडाको इन्जिन जडान गरिएको छ ।
 

इजरायलमा इन्जिन जडान गरेपछि शुक्रबारदेखि नियमित उडान हुनेछ ।
 

भोली शुक्रबार यात्रुसहित दुबई–काठमाडौं उडान हुने निगमले जनाएको छ । ‘तालिका अनुसार जहाज भोलि आइपुग्ने हो । भाडाको इन्जिन हालिसकेको छ । पावर रन अप गर्न बाँकी छ,’ निगमका एक कर्मचारीले भने,’इजरायलको स्थानीय समय अनुसार राती १०ः०० बजे उडान हुनेछ ।’
 

तीन महिना थन्क्याएर जहाजको लिज र मर्मतसंभारको जिम्मा इजरायल एरोस्पेश इन्डस्ट्रीलाई दिइएको थियो । ठेक्का पाएको करिब तीन सातापछि कम्पनीले निगमको जहाज मर्मत संभार प्रक्रिया अगाडि बढाएको हो ।
 

निगमले तीन महिनासम्म आलटाल गरेर इन्जिन भाडामा लिन निगम व्यवस्थापनले दाउपेच गर्दै आएको थियो। निगमले जहाजको इन्जिन मर्मतका लागि कम्तीमा पनि तीन महीना समय लाग्ने जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update