Public Pana
प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा भएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहालको चीन भ्रमण हुन लागेको हो ।

२३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन भ्रमणका क्रममः प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जीनपीङ, प्रधानमन्त्री ली छ्याङ, नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

pm china1695279184.png
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update