Public Pana
विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ  :  गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन् ।

आज बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभाका सदस्य समेत रहेका थापाले संसद्बाट शिक्षा विधेयक सच्याउने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् ।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ,’ उनले लेखेका छन् ।

“विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नैपर्नेछ । संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ,”उनले लेखेका छन्, “आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।”

सांसद थापाले शिक्षकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका छन् ।

teacher aagraha1695278991.jpg

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update