Public Pana
इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

डेंगु संक्रमणबाट इलाममा चार वर्षीया एक बालिकाको मृत्यु भएको छ । 

रोङ गाउँपालिका–३ का ददिराम राईकी छोरी ४ वर्षीया स्निहान राईको डेंगु सङक्रमणको कारण मृत्यु भएको प्रहरीले जनाएको छ । 

डेंगुबाट सिकिस्त बनपछि उनलाई केही दिनअघि बिएण्डसी अस्पताल बिर्तामोड झापामा भर्ना गरिएको थियो । 

उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update