Public Pana

सरकारले संसद्‌ सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकका प्रतिनिधी र सरकारबीच भएको बार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।  
सिंहदरबारमा बिहीवार बिहान शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बार्ता गरेपनि ठोस प्रतिवद्धता नआएकाले आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा शिक्षकहरु पुगेका हुन ।

बार्तामा  गृहमन्त्री श्रेष्ठले आन्दोलनका कारण राजधानीको सवारी आवागमन प्रभावित भएको भन्दै  मर्यादित भएर बिरोधका कार्यक्रम गर्न आग्रह गरेको थिए ।

वार्तामा सहभागी शिक्षक महांसघका एक प्रतिनिधीले पब्लिक पानासँग भने, हामीहरु आन्दोलनमा छौ हाम्रो मुद्धा भन्दा पनि सरकारका प्रतिनिधीले बिरोध कार्यक्रमलाई मर्यादित बनाएर सवारी आवागमनमा बाधा नपुरयाउन भनियो, हाम्रो मागमा सरकार गम्भीर भएको जस्तो लागेन त्यसैले ठोस सहमति नभएसम्म आन्दोलनलाई जारी राख्छौ ।  

वार्तामा शिक्षामन्त्री अशोक राई र शिक्षा सचिव सुरेश अधिकारीको समेत उपस्थिति थियो । 

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update