Public Pana
एसियाड खेलमा नाम कहलिएका खेलाडीको कमी

१९ औं एसियन गेम्सअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नाम कहलिएका खेलाडि नखेल्ने भएका छन्   ।

जसले गर्दा नेपाललाई ठूलो झट्का लागेको राष्ट्रिक्ष् टिमले जनाएको छ ।

अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित राजवंशी घाइते भएका छन् । 

हिजो बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा ललितको क्लोज राइट क्लाभिकल फ्राक्चर डाइगनोस (ब्यूटिबोन) भएको छ ।

दायाँ हातको ब्युटीबोनमा चोट लागेपछि उनलाई बुधबार नेशनल अस्पताल कलंकी लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनको आज बिहीबार बिहान बीएन्डबी अस्पताल ग्वार्कोमा शल्यक्रिया हुँदैछ । 

शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहनेछन् । 

घाइते भएसँगै ललितले १९ औँ एसियाड गुमाउनेछन् । एसियाडमा पुरुष क्रिकेटका खेलहरु २७ सेप्टेम्बरदेखि ८ अक्टोबर सम्म हुँदैछ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update