Public Pana

प्रस्तावित शिक्षा विद्येयकप्रति बिरोध जनाउँदै बिरोधमा उत्रिएका शिक्षकहरुको प्रर्दशनका कारण राजधानीको माइतीघर आसपासको सवारी आवागमन प्रभावित बनेको छ ।

माइतीघरबाट बानेश्वरसम्म प्रर्दशनमा उत्रिएका शिक्षहरुको आन्दोलनले बानेश्वर, कोटेश्वर, बबरमहल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर लगायत क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

बबरमहल र माइतीघर भएर चल्ने सवारीलाई डाइर्भसन गरेका कारण अन्य क्षेत्रमा सवारी चाप पर्दा सवारी आवागमन प्रभावित बनेको हो ।

जसले गर्दा गन्तव्यतर्फ हिडेका सवारी लामो जाममा परेका छन् । चौतर्फी सवारीको चाप भएका कारण एम्बुलेन्सलाई समेत आवागमन गर्न समस्या भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update