Public Pana
देशभर आंशिक देखि सामान्य बदली रहने

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरुमा र बाँकी  प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
 

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 

कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update