Public Pana
प्रचण्डले महिन्द्र यादवसँग राखे एकता प्रस्ताव, बाबुरामलाई थाहै दिएनन् - पत्र सहित

समाजादी मोर्चा गठन गर्दा पाखा लगाइएका डा. बाबुराम भट्टराईलाई बेवास्ता गर्दै नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी मोर्चाका अर्का अध्यक्ष महिन्द्र राय यादवसँग एकता प्रस्ताव राखेको छ ।

गत भदौ ३० गतेको मितिमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङ पठाएको पत्रमा उनीहरुले बाबुरामसँग एकता गर्न नचाहेको प्रष्ट पारेका छन् । 

आफैंले परिकल्पना गरेको समाजवादी मोर्चाबाट बाहिरै बस्नुपरेपछि प्रचण्डसँग रुष्ट रहेका बाबुराम यतिबेला भारत यात्रामा छन् । भदौ ३० मा पठाइएको पत्र बाबुराम र छोरी मानुषी भारतमै रहेका बेला नेपालमा सार्वजनिक भएको छ ।

समाजवादी मोर्चामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सदस्य रहेपछि बाबुराम पाखा लगाइएका थिए।

यस्तो अवस्थामा नेपाल समाजादी पार्टीको संगठन विस्तार अभियानलाई अघि बढाइरहेका बाबुरामलाई फेरि अप्ठ्यारो पार्ने गरी प्रचण्डले अर्का अध्यक्ष यादवलाई सम्बोधन गर्दै एकता प्रस्तावको पत्र पठाइदिएका हुन् । 

तत्कालीन अवस्थमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको चरम द्वन्द्वपछि बाहिरिएका बाबुरामले नेपाल समाजवादी स्थापना गरेका थिए ।

उक्त पार्टीका  महिन्द्र राय यादवले माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाहीबाट चुनाव लडेर जितेका थिए।

यता गोरखामा प्रचण्डका लागि ठाउँ खाली गरिदिएर काठमाडौंमा माओवादीको चुनाव चिह्नबाट छोरी मानुषीलाई उनले उठाएका थिए ।

तर मानुषी पराजित हुन पुगिन् ।

prachanda-letter-to-mahindra1695209530.jpg
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update