Public Pana

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौति रहेको बताउनुभएको छ ।

आज बुधबार काठमाडौंमा नेपाल रिटर्नी एशोसियशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  अध्यक्ष नेपालले संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगाएतका सवै बिषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौति रहेको बताउनुभयो ।

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रुपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उहाले बताउनुभयो ।

अध्यक्ष नेपालले बजेटमा पनि रोजगारी सम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो ।

उहाले संविधानमा उल्लेख गरेका कुराहरुलाई व्यवहारमा लागू गर्नका लागि सरकारलाई आह्वान गर्दै सरकारका राम्रा कामलाई सदैव साथ दिने जिकिर गर्नुभयो । 

अध्यक्ष नेपालले नेपाल रिटर्नी एशोसियशनले विदेशमा रहेका र विदेशबाट फर्किएका विवरण राखेर युवा लक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update