Public Pana
‘एक भागवत र एक गीता’ फिल्मकी निर्देशक झरनाको प्रतिक्रिया !

‘अब बक्स अफिसमा के होला भन्ने कुराले मलाई खासै अर्थ राख्दैनँ । मलाई दर्शकको राम्रो प्रतिक्रिया नै ठूलो कुरा हो । मलाई जहिले पनि लभ स्टोरी कथामा मात्र फिल्म बनाएको भन्ने आरोप आउने गरेको थियो । यति चलेको ब्यानरले अब त केही फरक गर्नुपर्छ भन्ने प्रतिक्रिया पनि धेरैले दिनु भएको थियो । यसैले, यसपटक आफूले बनाइरहेको कथाबाट पर हटेर यो फिल्म बनाएको हुँ,’
 

‘एक भागवत र एक गीता’ फिल्मकी निर्देशक झरना थापाले दिएको प्रतिकृया हो यो ।
 

फिल्म रिलिज अघिसम्म उनी यसको व्यवसायिक पक्षलाई लिएर ढुक्क देखिएकी थिइन् ।

दुई फरक विधाका दुई फिल्म एकसाथ चल्दा कसैलाई घाटा नहुने उनको भनाइ थियो ।

यद्यपि, आफ्नो फिल्मको व्यापार औसत भएपछि निर्देशक थापाको बोलीमा परिवर्तन आएको अनुभव गरिएको छ । थापाले बक्स अफिसको कलेक्सनले आफूलाई फरक नपर्ने बताएकी हुन् ।
 

त्यसो त फिल्म जगतमा कुनै पनि फिल्म राम्ररी चल्यो भने व्यवसायिक फिल्म, चलेन भने आर्ट फिल्म भन्ने प्रचलन पनि छँदैछ । यस्तोमा फिल्म नचल्दा मुटुमाथि ढुङ्गा राखेर आफूलाई फरक नपर्ने बताएकी झरनाको यो कुरालाई दर्शकले कसरी लिने हुन् ? हेर्न बाँकी छ ।
कतिपय दर्शकले फिल्ममा विपिन कार्कीलाई केन्द्रमा राखेको भ्रम छरेर सुहानाको वरिपरि कथा घुमाउँदा कथाले सही बाटो समाउन नसकेको धारणा व्यक्त गर्दै आएका छन् ।

धेरैले सन्तान खुशी पार्न दर्शक रुवाएको आरोपसमेत लगाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update