Public Pana
एलजी फ्ल्यागसिप शो रुम अपग्रेडपछि पुनः शुभारम्भ

चौधरी गु्रप अन्तर्गत मिनभवनमा रहेको एलजी ब्रान्डको आफ्नै शो रुम विश्वस्तरीय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ ।

नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शो रुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामग्रीहरु जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवोभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्रान्डको पहिलो शोरुम हो ।

ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन् ।
यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ।

ग्राहकका लागि अन्य थप जानकारी चाहिएमा फोन नं. ०१–४१०६५३०÷४१०६६५२ मा सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस एलजी शोरुममा रिओपनिङको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, ० प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ ।

साथै, प्रोडक्ट लाइभ डेभो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस (पीएमएस) को पनि ब्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update