Public Pana
अमेरिकी विदेशमन्त्रीले दिए संविधान दिवसको शुभकामना

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका र नेपालका नागरिक–नागरिकबीचको सम्बन्ध महत्वपूर्ण भएको जनाएका छन् । 

नेपालको संविधान दिवस, २०८० का अवसरमा मंगलबार विदेशमन्त्री ब्लिंकेनले शुभकामना दिँदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताए ।

विदेशमन्त्री ब्लिंकेनले सन्देशमा भनेका छन्, ‘अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु । आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ ।’

‘नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु । अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईंहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ विदेशमन्त्री ब्लिंकेनद्वारा जारी सन्देशमा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update