Public Pana

साफ यू–१९ च्याम्पियनसिप भोली बिहीबारबाट काठमाडौंको दशरथ रंगशालामा सुरु हुदैछ ।

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । 

समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् । नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगिता अघि बुधबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सवै टोलीका प्रशिक्षक तथा कप्तानहरुले च्याम्पियनसिपको तयारी राम्रो भएको भन्दै उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रि–म्याच कन्फ्रेन्समा यू–१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले साफको तयारी निकै राम्रो बताउनुभयो । खेलाडीहरुले निकै मेहनत गरेको भन्दै नजिता पनि राम्रो आउने उहाको भनाइ छ ।

त्यस्तै यू १९ नेपाली फुटबल टिमका कप्तान जियारथ सेखले सवै तयारी राम्रो भएको बताउनुभयो ।

त्यस्तै अन्य सहभागी देशका प्रशिक्षक तथा खेलाडीहरुले पनि ट्रफि घर लैजाने गरि तयारी गरिएको बताएका थिए ।

बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update