Public Pana

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएकोे बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा बुधबार बिराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघियता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको समेत बताउनुभयो ।

आवश्यक कानुनको अभावमा संघियताको मर्म र भावना अनुसार काम हुन नसकेकाले संघियता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने उहाले बताउनुभयो ।

कोशी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरु बीच सहमति र सहकार्य आवश्यक रहेको उहाको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update