Public Pana

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले  आज असोज ३ गते बुधबार संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा विशेष कार्यक्रम गरेको छ ।

आज बुधबार बिहान ७ बजे नारायणचौरमा भएको विशेष कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन् ।
यसअघि नै एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न आह्वान गरेका थिए ।

अध्यक्ष ओलीले असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’सहित संविधान दिवस मनाउन आग्रह गरेका थिए। त्यहीअनुसार एमालेका नेता कार्यकर्ता, सर्वसाधारण र विद्यार्थीसहित सयौँजना नारायण चौरमा भेला भएका थिए ।

बुधबार बिहानैदेखि नारायण चौरमा राष्ट्रिय झन्डासँग सेल्फी खिचाउनेहरुको भिड लागेको थियो। नारायणचौर परिसरमा राष्ट्रिय झण्डासँगै ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवसको शुभकामना दिए ।

उनले अहिले राष्ट्रिय उपलब्धि समाप्त पार्ने खेल भइरहेको बताए। उनले विभाजनकारी तत्व र प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने र राष्ट्रिय एकतालाई खलल पु¥याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताए। ओली यसबाट सचेत र सजग हुनुपर्नेमा जोड दिएका छन् ।

दोस्रो संविध २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो। त्यही अवसरमा सरकाले पनि टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ ।

uml-celebreate-constitution- -first1695194609.jpg

constitution-day-1695194586.jpg

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update