Public Pana

महेन्द्र मोरङ क्याम्पसमा एक प्राध्यापकले मानविकी संकायको स्नातक तहमा अध्ययनरत आफ्नी छोरीलाई पास गराउन उत्तर पुस्तिका नै साटफेर गरेको आरोप लागेको छ ।

अर्की विद्यार्थी सन्ध्या कायस्थको थप कपी निकाली सोही क्याम्पसका प्राध्यापक राजन दत्तकी छोरी आस्था दत्तको कपीमा अट्याच गराएर पास गराएको आरोप लागेको हो ।


सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षा कपी परीक्षा गार्डको सहयोगमा दत्तकी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थीहरुको भनाई छ ।

गार्डले उत्तर पुस्तिका साटिदिएपछि सन्ध्या भने अनुत्तीर्ण भइन् ।

आक्रोशित विद्यार्थीले आज बुधबार बिहान ५ बजे डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको बा.१७ च. ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगो लगाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update