Public Pana
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच अमेरिकामा भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  श्रीलंकाका राष्ट्रपति राष्ट्रपति रनिल विक्रमासिंघेबीच अमेरिकामा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रचण्ड र विक्रमासिंघेबीच न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले भोली बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update