Public Pana
माओवादीको पार्टी एकता कि नाम मात्र परिवर्तन

सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम फेर्नेबारे औपचारिक रुपमा सर्कुलर गरेको छ । 
 

अन्य कम्युनिष्ट घटकहरुसँग एकता गर्न र त्यसलाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्ठकमा रहेको माओवादी केन्द्रको नाम परिवर्तन पार्टीको महाधिवेशनबाट गर्न सकिने माओवादीले जनाएको हो ।
 

पार्टी मातहात कमिटिलाई पार्टी पदाधिकारी बैठकको निर्णय भन्दै गरिएको सुर्कलरमा त्यस्तो उल्लेख छ ।

माओवादी अहिले गत भदौं १६ देखि तीन महिने पार्टी रुपान्तरण विशेष अभियानमा छ । 
 

माओवादी केन्द्र अहिले एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगै समाजवादी मोर्चामा छ । 
 

अवको राजनीतिक कार्यदिशा समाजवादीलाई बनाउनु पर्ने भन्दै माओवादीसहितका चार पार्टीले मोर्चा बनाएका हुन् ।
 

तर त्यसले पनि ठोस गति लिन सकेको छैन । विप्लव माओवादीसँग एकताका लागि तयारी छन् ।

पार्टीमा विप्लवलाई तत्काल लिँदा पार्टीभित्रका वर्षमान पुन र जर्नादन शर्मा फयाक्टरको रियाक्सन के कस्तो पर्न सक्छ भनेर प्रचण्डले अहिले नाडी छाम्ने काम गरिरहेका छन् ।
 

अर्काेतर्फ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग पनि माओवादी केन्द्रको एकता छलफल चलेको थियो । 
 

एकताका लागि भन्दै नेसपाले माओवादी केन्द्रलाई ९ बुँदे प्रस्ताव पनि पठाएको थियो । तर वीचमा बाबुराम भट्टराई फेरि प्रचण्डसग टाढिन थालेका छन् ।
 

अब कुन कुन पार्टीसँग एकता भएर माओवादी केन्द्र अद्धि बढ्छ ? कि नाम मात्र परिवर्तन गर्ने हो हेर्न बाँकी छ । 

party yakata1695169613.jpg

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update