Public Pana
रोल्पामा ५ दिनका लागि रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन आवाज सुन्न गाउँघर जाने भएको छ । 

अभियानका क्रममा पार्टी सभापति रवि लामिछाने रोल्पा खटिने भएका छन् ।

माओवादीले १० वर्षे जनयुद्ध रोल्पाबाटै थालनी गरेको हो । उनीहरूले बनाएको जनमुक्ति सेनाले रोल्पालाई आधार इलाकाको रुपमा लिँदै आएको छ । 

रास्वपाको दस्तावेज निर्माण प्रक्रिया अन्तर्गत प्रथम चरणको जन आवाज सुन्न रास्वपाका नेताहरू देशका विभिन्न गाउँघर जाने कार्यक्रम तय भएको पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 
उनका अनुसार भोली बुधबार असोज ३ गतेदेखि असोज ७ गतेसम्मका लागि नेताहरू गाउँघर जाने कार्यक्रम तय भएको हो । 

सभापति लामिछाने आज मंगलबार नै रोल्पा पुगिसकेका छन् । उनलाई फोनमार्फत स्वागत गर्दै रोल्पाकी एमाले सांसद ईश्वरी जीएमले भ्रमण सफलताको शुभकामना दिएकी छिन् । 

त्यस्तै, पार्टी उपसभापति डिपि अर्याल पर्सा र महामन्त्री डा. मुकुल ढकाल कालिकोटमा खटिने भएका छन् । 
 

गाउँ गाउँको अभियानमा रास्वपा लागेको छ । 

अन्य नेताहरू विराजभक्त श्रेष्ठ–बैतडी, सुमना श्रेष्ठ–कैलाली, शिशिर खनाल–रसुवा, मनिस झा–पर्वत, गणेश पराजुली–ओखलढुंगा, रमेश प्रसाई–सुर्खेत, सन्तोष परियार–कपिलवस्तु, विपिन आचार्य–संखुवासभा, डा. तोसिमा कार्की–डोटी, हरि ढकाल– सोलुखुम्बु, क मल सुबेदी–रौतहट, कविन्द्र बुर्लाकोटी–कञ्चनपुर, डा. स्वर्णिम वाग्ले– तनहुँ, गणेश कार्की–सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल–खोटाङ, शंकर श्रेष्ठ–इलाम खटिने भएको रास्वपाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update