Public Pana
प्रतिस्पर्धाबाट नभेटिएपछि परीक्षाबिनै ३६ जिल्ला न्यायाधीश नियुक्त

न्यायपरिषद्ले ३६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको छ । 
 

जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिना नै नियुक्त भएका हुन् । 
 

मंगलबार बसेको न्यायपरिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको छ । उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरिएको हो । 
 

नियुक्तिको परीक्षामा सहभागी २११ जनामध्ये न्याय सेवाका कर्मचारी पारसमणि पोखरेल मात्र उत्तीर्ण भएका थिए । 
 

संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था छ ।
 

रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने संविधानको व्यवस्था छ ।
आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो ।

 

तर परीक्षाबाट पदपूर्ति हुन नसकेका पदमा पनि अब न्याय परिषदले छानेर नियुक्त गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update