Public Pana
द्रुत बसका लागि काठमाडौं उपत्यकामा अलग्गै लेन

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले द्रुत बस सेवा सञ्चालन गर्न ’रेड मार्क’ गर्न थालेको हो ।

सडक डिभिजन कार्यालयका प्रमुख नारायण निहुँरेका अनुसार असोज ३ देखि द्रूत बस चलाउन यस्तो तयारी गरिएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा थाल्न निर्देशन दिएका थिए ।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयार गरेको छ । 

भोली बुधबारसम्म रत्नपार्कदेखि सूर्यविनायक र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी रंग लगाउने काम भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update