Public Pana
राजनीतिक परिवारमा हुर्किंदैमा अवसर पाउनैपर्छ भन्ने नहुने सुवासका छोरा सुहाङको दाबी

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले राजनीतिक परिवारमा हुर्किँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको बताएका छन् ।

इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा उनले बुबाले अधुरो छाडेको काम आफूले सामाजिक र कानुनको क्षेत्रबाट पूरा गर्न पहल गर्ने बताए ।

‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिन’ उनले भने ।

सुहाङले अगाडि भने, ‘तर राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि, बुबाको सपना, बुबाले अधुरो छाड्नुभएको कार्यहरु, पूरा गर्नुपर्ने कार्यहरु म सामाजिक र कानुनी कुन हिसाबले अगाडि बढाउन सकिन्छ म हजुरहरुसँग हातेमालो गरेर अगाडि बढौं भनेर निवेदन गर्न चाहन्छु ।’

आफ्ना बुबा इलामको विकासका लागि धेरै चिन्तित रहेको देखेको भन्दै सुहाङले जिल्लाको विकास र जनसेवाको काममा पनि आफ्नो ठाउँबाट सहयोग गर्ने बताए ।

आफ्ना बुबाले इलामबासीको शीर कहिल्यै निहुरिन नदिएको पनि सुहाङले बताए ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update