Public Pana
जापानमा दुर्घटनामा परी एक नेपालीको मृत्यु

जापानमा सडक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ ।
 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० बिजुलेका रमेश पुरीको दुर्घटनामा मृत्यु भएको हो ।
 

उनी एक वर्ष पहिले मात्रै अध्ययनका लागि जापान गएका थिए।

तर उनको मंगलबार बिहान दुर्घटनामा परी मृत्यु भएको खबर आएको हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्ष अर्जुनकुमार पुरीले जानकारी दिए । 
 

मृतक रमेश सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानबहादुर पुरीका जेठा छोरा हुन् । पुरीका एक छोरा र एक छोरी छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update