Public Pana

नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक सुरु भएको छ।

पार्टीको केन्द्रीय कमिटी बैठकअघि नेता डा शेखर कोइरालाले डाकेको बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा सुरु भएको हो ।


बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय कार्यसमिति सदस्य डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरू सहभागी छन् ।


केन्द्रीय कार्यसमिति बैठकको दुई दिनअघि बसेको इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत बोलाइएको थियो । तर उनीहरू बैठकमा सहभागी भएका छैनन् ।


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्दैछ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update