Public Pana

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

एन्फाले मंगलबार दशरथ रंगशालमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको र बुधबारसम्म सम्पूर्ण टिम आउने जनाएको हो । 

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । 

समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् । पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको लागि भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ १०० टिकट मूल्य राखिएको जानकारी दिनुभयो । 

सहभागी टोलीलाई नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको उहाले बताउनुभयो । च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार रहेको र बजेट साफले नै उपलव्ध गराउने शाहले जानकारी दिनुभयो । 

बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । 

नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update