Public Pana

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन् ।

आज मंगलबार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यापर्ण गर्दै प्रकाशमानले यस्तो बताएका हुन् ।

सरकार गठन हुँदा भएको समझदारीलाई सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने उनको भनाइ छ ।
‘यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रुपमा हुन्छ सबै कुरा ।

यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरुबीचको समझदारी हो त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ ।

गठबन्धन हुँदा जे समझादारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।
एनले संविधानको भावना र मर्मअनुरुप चाँडोभन्दा चाँडो तीनै तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने प्रष्ट्याए ।


नेता सिंहले पार्टीभित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीयय समितिले गरेको निर्णय नै आधिकारिक हुने प्रष्ट पारे ।


‘लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्नेकुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रिय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ,’ नेता सिंहले भने ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update