Public Pana
ट्युटर चलाउन शुल्क तिर्नैपर्ने नियम लागु हुने छ  : एलन मस्क

एलन मस्कले एक्स (ट्वीटर) लाई सशुल्क प्लेटफर्म बनाउन लागेको बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेटान्युहुसँग लाइभस्ट्रिममा कुरा गर्दै मस्कले एक्सलाई पेड प्लेटफर्म (शुल्क तिरेर मात्र प्रयोग गर्न सकिने) प्लेटफर्म बनाउन लागेको बताएका हुन् ।


विशेषगरी एक्समा भएका थुप्रै बट अकाउन्ट (कम्प्युटर सिस्टमबाट स्वतः सञ्चालित हुने अकाउन्टहरू) लाई कम गर्न प्लेटफर्मलाई मासिक रूपमा थोरै भए पनि शुल्क तिर्नुपर्ने बनाउन आवश्यक रहेको मस्कले उल्लेख गरे ।


उनले भने, “बट सञ्चालन गर्न पेन्नी (अमेरिकी रकमको सबैभन्दा सानो एकाई) को थोरै भाग मात्र खर्च हुन्छ । तर, यदि यसलाई मासिक केही डलर तिर्नुपर्ने बनायो भने बट सञ्चालन गर्दा लाग्ने खर्च बढ्छ ।”


मस्कले प्रयोगकर्ताबाट यो प्रयोजनका लागि कति शुल्क लिने, यो अहिलेको प्रिमियम प्लानभन्दा कति भिन्न छ भन्ने खुलाएका छैनन् ।

मस्कका अनुसार बट सञ्चालन गर्नेहरूले हरेक बटका लागि नयाँ भुक्तानी माध्यमबाट रजिस्टर गर्नुपर्ने हुन्छ ।


यसबाट उनीहरूलाई नक्कली अकाउन्ट बनाउनबाट रोक्न सकिने उनको विश्वास छ । एक्समा यस्तो व्यवस्था कहिलेबाट लागू हुन्छ भन्ने स्पष्ट छैन ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update