Public Pana
सरकारी सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थल अध्यागमनमा असर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या हुँदा यात्रुहरु मारमा परेका छन् । 

आज मंगलबार बिहानैदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन् ।

विभागकाअनुसार सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो ।

यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको थियो तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ ।

विभागले आफ्नो मात्र नभई सरकारी जीआईडीसीमा नै समस्या आएको र त्यसले असर पारेको बताएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update