Public Pana
प्रेमका कारण चर्चामा रहेकी करिश्मा कमब्याक हुने

प्रेमका कारण बढी चर्चामा रहेकी करिश्मा श्रेष्ठ अभिनय गर्नै नजान्ने कलाकार भने होइनन् । उनका सामाजिक सञ्जालका भिडियो र उनले गर्ने गरेका विज्ञापनका काममा पनि उनको कला झल्किन्छ ।

‘मेरो साथी’ फिल्मबाट डेब्यू गरेकी करिश्माले ‘लभ सब’ तथा ‘बाबू कान्छा’ मा समेत अभिनय गरिन् । त्यसपछि उनी फिल्ममा देखिएकी छैनन् ।

अहिले आएर निदेृशक दिवाकर भट्टराईको फिल्म ‘मायावी’ बाट उनको कमब्याक दर्शकले हेर्न पाउने भएका छन् ।

दिवाकर तिनै निर्देशक हुन्, जसले फिल्मी करियरको कल्पनासम्म नगरेकी दीपिका प्रसाईँलाई अभिनय गराए र हिट पनि बनाए ।

अबको पालो करिश्माको भन्दा पनि फरक नपर्ला । किनकी उनी अभिनय गर्न नजान्ने होइनन् । उनलाई अभिनय गराउन सक्ने दिवाकर छन् अब । त्यसैले यो उनको सुखद कमब्याक हुने धेरैले अपेक्षा गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update