Public Pana
दाईजोको नाममा हिंसा :  हत्याको आरोप

सुनसरीको इनरुवा नगरपालिका–३ की २३ वर्षीया निकिता चौधरीको हत्या भएको छ । 

चौधरीका माइती पक्षले उनको हत्या उनकै श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले गरेको आरोप लगाएका छन् । निकिताले थप दाईजो नल्याएको भन्दै उनका श्रीमानले निकिताको हत्या गरेको माइती पक्षको दावी छ ।

निकिताका भाइ राकेश चौधरीले दाइजो नपुगेको भन्दै भिनाजु नागेन्द्र भगतले टाउकोमा धारिलो हतियार प्रहार गरेपछि घाँटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन् ।

दाइजोका विषयमा विवाद भएपछि शुक्रवार राति करिव १० बजे भगतले घरको बेड रुपममा निकिताको घाँटी थिचेर हत्या गरेको भाइ राकेशको आरोप छ ।

निकिता र नागेन्द्रको २१ महिनाअघि मात्र विवाह भएको थियो । भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दवाव दिँदै यातना दिइरहेका थिए ।

निकिताको मृत्युपछि माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले माइती पक्षको उजुरीका आधारमा आरोपित नागेन्द्र भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताएका छन् ।

निकिताको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगरमा राखिएको छ । निकिताका आफन्तले

निकिताको शरीरभरी निल डाम र घाँटीमा गम्भीर चोट लागेको जानकारी दिएका छन् ।

भगतले शुक्रवार राति घरमा कोही नभएको बेला श्रीमती निकितालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ ।

विवाहकै बेला भगतलाई निकिताका माइतीले ज्वाईँलाई ३५ लाख रुपैयाँ नगद, १० तोला सुन तथा ८० तोला चाँदी दाइजो स्वपरु दिएको बताइन्छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update