Public Pana
शेयर बजारमा परिवर्तन आइरहने भएकाले आत्तिन नहुने संकेत

शेयर बजार सम्बद्ध संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा लाखे नाच प्रस्तुत गर्दा पूर्व अर्थमन्त्री युवराज खतिवडाले शेयर बजारमा लाखे हुनसक्ने संकेत गरे ।

उनले भने, “सेयर बजारमा लाखे हुन सक्छ। तपाईंहरूले देख्नुभयो, लाखे हेर्दा कति डरलाग्दो हुन्छ। तर यो दयालु हुन्छ र हाम्रो रक्षा पनि गर्छ ।”

उनले भनेझैं लाखेले सताउछ पनि । सर्वसाधारणका बच्चा बचाउछु भनेर उल्टै दुख्ख दिन्छ ।
शेयर बजारमा किन्ने र बेच्ने मान्छे मात्रै नभएर उचाल्ने र पछार्ने तत्व पनि हुन्छ शेयर लगानीकर्ताहरुले सर्वसाधारणलाई फकाउन थालेका हुन्छन् । तर बजारबाट फाइदा आफ्नै कोल्टामा पार्छन् ।

यसको लागि सरकारले नियम ल्याउनुपर्ने र शेयर बजारलाई खुकुलो पार्नुपर्ने शेयर लगानीकर्ता संघको भनाई छ ।
संघका अध्यक्ष राधा पोखरेलले अर्थमन्त्रीले नै सरलता पारे शेयर बजारले अन्तराष्ट्रिय बजारमा पौडि खेल्न सक्ने उल्लेख गरिन् ।

पब्लिक पानासँगै कुरा गर्दै उनले भनिन्, “पछिल्लो एक हत्पामा यसले धेरैको ध्यान खिच्यो । एक हप्तामै सेयर बजार परिसूचक नेप्से बढ्नुका साथै र ठूलो अंकले घट्दा पनि कारोबार रकममा भने बढावा ल्याएको छ ।
तीव्र उतारचढाव केले ल्याएको हो भन्नेबारे धेरै विश्लेषण आएपनि ठूला लगानीकर्ताको मनोमानी र सरकारी नियमको अवरोध कारण सर्वसाधारण मारमा पर्नेमा दुविधा छैन ।

केही उतार चढाव आएपनि यो महिनाको पहिलो दिन हिजो नेप्सेमा सामान्य वृद्धि भएकाले पनि केहि दिन ओरालो लागेको नेप्सेले सबैलाई निरासा पाछै भन्नु राम्रो होइन ।

अब दशै पनि नजिक आइरहेकोले नेप्से कारोबारमा सहजता हुनुका साथै बढावा हुनेमा दुइमत नभएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update