Public Pana
मापसेका कारण विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते

धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि आज मंगलबार बिहान एसिड प्रहार गरिएको छ । 

गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । 

मापसे सेवन गरी उनको पसलमा पुगेका व्यक्तिले विवाद गरेका थिए । प्रहरीका अनुसार सोही क्रममा उनले आफ्नै पसलमा रहेको एसिड निकालेर छ्यापेका थिए । 

एसिड प्रहारबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका–३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन् ।

एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् । घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

दिपेशको शरीरका विभिन्न भाग तथा डम्बरको अनुहार र शरीरमा एसिड प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update