कांग्रेसको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम भोलि

नेपाली कांग्रेसको बीपी साहित्य महोत्सव अन्तर्गत स्थागित तेस्रो दिनको कार्यक्रम भोलिका लागि तय भएको छ ।
संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि २६ भदौको तेस्रो तथा अन्तिम दिनको कार्यक्रम रोकिएको थियो ।
सोही रोकिएको कार्यक्रम भोलि हुने कार्यक्रम आयोजक समितिका संयोजक एवं सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
अन्तिम दिनको कार्यक्रममा कोइराला परिवारका डा. शशांक, शेखर र सुजाता एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्