Public Pana
भारत र क्यानाडाबीच कुटनीतिक युद्ध चर्कियो, दुवै देशद्वारा एक अर्काका कुटनीतिज्ञलाई देश निकाला

क्यानाडामाा एक शिख नेताको गोली हानि हत्या भएपछि भारत र क्यानडाबीच कुटनीतिक  वार शुरु भएको छ । 

क्यानाडामा मारिएका शिख नेताको हत्या भारतीय एजेण्टबाट भएको दावी गर्दै क्यानाडाले आफ्नो देशमा रहेका एक कुटनीतिज्ञलाई ५ दिनभित्र देश निकाला गर्ने निर्णय गरेलगत्तै भारतले पनि आफ्नो देशबाट एक क्यानडेली कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।

दुवै देशबीच बढदो कुटनीतिक तनावलाई लिएर भारत र क्यानाडाबीच आरोप प्रत्यारोप समेत चलेको छ । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स केटिएफका प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार पैदा भएको हो । 

भारतले ३ बर्ष अघि आतंकवादी घोषणा गरेको खलिस्तानी टाइगर फोर्स प्रमुख हरदिप सिंह निज्जारको गोली हानी हत्या भएको थियो ।

उक्त हत्या भारतीय जाँसुस संयन्त्रले नै गरेको क्यानाडाले दावी गरेको छ । 

trudeu-modi-1695106551.jpg

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update