Public Pana
चट्याङसहित वर्षाको सम्भावना आज

मनसुनको    न्यून    चापीय    रेखा सरदर    स्थानको    दक्षिणतिर    अवस्थित  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
 

जसका कारण भारी वर्षाको सम्भावना कम भएको छ ।
 

अहिले बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसहित बाँकी प्रदेशमा आंशिकदेखि

सामान्य बदली रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ ।
 

अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ ।
 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने बताइएको छ । 
 

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ।
 

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ । 
 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र देशका बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update